विराटनगर(रासस)–मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् ।


ADVERTISEMENT


मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।