कालीकोट–नरहरिनाथ गाउँपालिकाअन्तर्गत नन्दादेवी मावि, सेरापाटा मतदान केन्द्रमा गएराति भएको सेना प्रहरी र नेपाल कम्युनिस्ट पार्टीबीचको दोहोरो झडपमा परी घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ ।


ADVERTISEMENT


सो झडपमा नरहरिनाथ गाउँपालिका (साविकको माल्कोट गाविस–५) निवासी धनरुप बटालाको मृत्यु भएको हो । उनको उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । अन्य पाँच जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले चलाएको गोलीबाट बटाला सख्त घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


अहिले सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाइएको र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले बताएका छन्। अहिले जिल्ला सदरमुकाम मान्ममा सर्वदलीय बैठक बसिरहेको छ ।