काठमाडौं–विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले आगामी बिहिबारदेखि हुने २१औं संस्करणको विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा कठीन जित निकालेको छ ।


ADVERTISEMENT


रूसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलेको आफ्नो अन्तिम अभ्यास खेलमा जर्मनीले शुक्रबार राति विश्वकपको तयारीमा रहेको अर्को टिम साउदी अरेबियालाई हराएको २–१ गोल अन्तरले हराएको हो।


ADVERTISEMENT

# # #


लेभरकुजनमा भएको खेलमा जर्मनीको जितमा टिमो वेर्नरले गोल गरे भने अर्को गोल साउदीले आत्मघाती उपहार दिएको थियो । साउदीका लागि ताइसिर अल–जासामले गोल गरेका थिए ।

जर्मनीका लागि खेलको आठौं मिनेटमा टिमो वेर्नरले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन केही मिनेट अगाडि साउदी अरेबियाका ओमार हावसावीले आत्मघाती गोल गरेपछि पहिलो हाफ जर्मनीले २–० को अगाडि रह्यो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको एसियाली मुलुक साउदी अरेबियाले जर्मनीलाई रोक्न सक्यो ।

खेलको ८४ औं मिनेटमा ताइसिर अल–जासामले गोल गर्दै खेलमा फर्कने संकेत गरेका थिए । तर त्यसपछि कुनै पनि गोल भएन र जर्मनी २–१ गोलले विजयी भयो ।

समूह एफमा रहेको जर्मनीले समूह चरणमा मेक्सिको, स्वीडेन र दक्षिण कोरियासँग प्रतिश्पर्धा गर्नेछ । समूह एमा रहेको साउदी अरेबियाले समूह चरणमा आयोजक रूससहित इजिप्ट र उरुग्वेसँग खेल्नेछ ।