काठमाडौँ– नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ ।


ADVERTISEMENT


जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो ।


ADVERTISEMENT

# # #


विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

अपराह्न करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।