काठमाडौं–युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेका छन् ।


ADVERTISEMENT


युवा परिषदको बजेटमा श्रीमती सहित घुम्ने मन्त्रालयका उपसचिव हुन् महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भन्ने छिद्र छिद्र सिकाउने गरेका छन् ।


ADVERTISEMENT

# # #


युवाहरुको सशक्तिकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका छन् ।

आर्थिक बर्षको समाप्ती भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै तस्विर सामाजिक संजालमा अपलोड गर्न व्यस्त छन् । – आजको साँघु साप्ताहिकबाट