काठमाडौँ– राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुव आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)सामू २१० सनेको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


किर्तीपुरस्थित त्रिभुव विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


आर्मीका लागि भीम सार्कीले सर्वाधिक ४५ रन बनाउँदा सोमपाल कामीले ३६ तथा कप्तान विनोद भण्डारीले ३५ रन बनाएपनि स्कोर २ सय माथि पुगेको हो ।

आर्मीका लागि आज आपिनिटङ जोडी जम्न सकेन । सागर पुन ५ र अनिल मण्डलले १९ रन बनाउँदा नरेश बुढाऐरले २० तथा राजु रिजालले ६ रन बनाएपछि आर्मीको इनिटङ धर्मराएको थियो ।

तर भीम सार्की र राजेश पुलामी मगरले ६८ रनका साझेदारी गरेपछि स्कोर केही माथि पुगेको थियो । उनीहरुले २३.३ ओभरमा ५६ ४ को अवस्थाबाट ३७.४ ओभरमा १२४ ५ मा पुर्याएका थिए । त्यसपछि सोमपाल कामी र कप्तान विनोद भण्डारीले ६७ रनको साझेदारी गर्दै टिमको स्कोरलाई सम्मानजनाक स्कोरमा पुर्याए ।

राजेश पुलामी मगरले २७ रन बनाउँदा सोमपाल कामीले २ छक्का र एक चौकाको मदतमा ३६ रन बनाए । यस्तै यस प्रतियोगिताभर आक्रामक खेल्दै आएका आर्मीका कप्तान विनोद भण्डारीले २५ बलमा ३५ रन जोडे । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।

यता एपीएफका लागि करण केसीले १० ओभरमा ३८ रन खर्चिएर ३ विकेट लिए । यस्तै कप्तान वसन्त रेग्मी र भुवन कार्कीका नाममा समान २/२ विकेट रह्यो । यस्तै पवन सर्राफ र अमरसिंह रौटेलाले समान १/१ विकेट हात पारे ।

यस प्रतियोगिताको विजेताले रु २० लाख नगद पुरस्कार पाउने छ ।