काठमाडौँ– गृह मन्त्रालयले विश्वकप फुटबल अन्तर्गतका खेलहरुको प्रत्यक्ष प्रशारण सार्वजनिक स्थलमा गर्न सम्बन्धित स्थानीय प्रशासनको अनुमति लिन निर्देश जारी गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा १० बुँदे निर्देशन जारी गरी त्यही अनुसार गर्न सम्बन्धित सबैमा आह्वान गरेको छ । सार्वजनिक स्थलमा प्रत्यक्ष प्रशासन गर्न प्रशासनको अनुमति लिनुपर्ने भए पनि आफ्नो परिषरभित्र भने प्रदर्शन गर्न सकिने बिज्ञप्तिमा उल्लेख छ । तर, प्रदर्शन स्थलका कुनै प्रकारको प्रवेश शुल्क लिन भने प्रशासनले बन्देज गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै आफ्नो घरमा वा घर परिसरमा खेल हेरेर होहल्ला गर्न नपाउने पनि प्रशासनले प्रष्ट पारेको छ । होहल्ला गरेर टोल छिमेकको शान्ति सुव्यवस्था खलबल्याउन नपाइने बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विश्वकप अन्तर्गतका खेलमा हारजितका विषयलाई लिएर जुवा, सट्टेबाजी वा त्यस्ता कारोबार नगर्न पनि प्रशासनले सचेत गराएको छ । विश्वकप प्रत्यक्ष प्रशारण स्थलमा धुमपान, मद्यपानको खरिद बिक्री तथा कारोबार गर्न निशेध छ ।