एजेन्सी– फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विमानस्थलमा पेलेको स्वागत गर्न आफै पुगेका थिए ।


ADVERTISEMENT


जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि आइतबार पेले रसिया पुगेका हुन् । ७८ वर्षीया पेले रसिया विश्वकपमा विषेश अतिथिका रुपमा रसिया पुगेका हुन् ।


ADVERTISEMENT

# # #


पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।

ह्विलचेयरमा रसिया पुगेका पेलेलाई अर्जेन्टिनाबाट मुख्य अतिथिका रुपमा रसिया आएका डिएगो म्याराडोनाले सम्मानका साथ अंकमाल गर्दै चुमेका थिए ।

२२ अक्टोबर १९४० मा जन्मिएका पेलेले सन् १९५७ देखि १९७१ सम्म चार विश्वकप फुटबल खेलेका थिए ।