काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुक निरंकुशतातर्फ अगाडी बढेकाले लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा रहेको बताएका छन् ।


ADVERTISEMENT


शैलजा आचार्यको नवौं स्मृति दिवसमा “शैलजा आचार्य आदर्श समाज” ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेले त्यो काँग्रेसलाई कुनैपनि हालतमा स्विकार्य नहुने बताए।


ADVERTISEMENT

# # #


‘बहुमत तपाईहरुसँग छ, सरकार जसरी चलाउँन मन लाग्छ चलाउनोस्, तर दुईतिहाई बलको आडमा मुलुकको शासन व्यवस्था नै परिवर्तन गर्न लाग्ने हो भने त्यसका विरुद्ध काँग्रेस जस्तोसुकै आँधीबेरी ल्याउन तयार छ’ कोईरालाले भने ।

यस्तै नेता कोईरालाले प्रधानमन्त्रीले सातै प्रदेससभामा गएर संबोधन गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गरे । बालकृष्ण ढुंगेललाई आममाफी दिदै गर्दा संसदमा त्यस बिषयमा प्रभावकारी ढंगले कुरा नराखेर काँग्रेसले गल्ती गरेको पनी उनले बताए।

उनले काँग्रेस गुट–उपगुटमा रुमल्लिरहेको फाईदा सरकारले लिईरहेकोले मुलुक अधिनायकबादमा जाने खतरा बढेको संकेत गरेका थिए।