काठमाडौँ– नेपालले जापानमा हुने सन् २०२० को ओलम्पिक खेलकुदको विशेष तयारी सुरु गरेको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिक–२०२० को तयारी सुरु भएको जानकारी दिएको हो ।


ADVERTISEMENT


नेपालले जापान ओलम्पिकको लागि ९ खेललाई प्राथमिकतामा राखेको एनओसीले पत्रकार सम्मेलनबाट जानकारी गराएको छ । ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको छ । एनओसीले ओलम्पिक सोलिडारिटीमा परेका ९ खेलका २ देखि ४ खेलाडीलाई विशेष तयारीका लागि वैदेशिक प्रशिक्षणमा पठाउने बताएको छ ।


ADVERTISEMENT

# # #


यो कोर्ष अन्तर्गत अहिले जुडो खेलकी फुपूल्हामु खत्री अहिले जापानमा रहेकी छिन् । यस्तै अर्की जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान चाडै जापान जाने बताइएको छ । एनओसीले तेक्वान्दो र एथलेटिक्स खेलको खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणको लागि पठाउने तयारी गरेको जनाएको छ ।

नेपालले रियो ओलम्पिक सकिएको १४ महिनापछि जापान ओलम्पिकको लागि तयारी सुरु गरेको हो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जापान ओलम्पिकको लागि रियो ओलम्पिकपछि नै सुरु गर्ने तयारी गरेको भएपनि विविध कारणले सफल हुन् नसकेको बताए ।