काठमाडौँ– मूल्य वृद्धिको विरुद्धमा संघर्ष गर्दै आएको नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ता नभए सिंहदरबार घेर्ने चेतावनी दिएको छ । सरकारले गरेको पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि फिर्ता नलिए असार ३ गते चक्का जामका साथै सिंहदरबार घरेर आन्दोलन चर्काउने नेविसंघले बताएको हो ।


ADVERTISEMENT


काठमाडौँको प्रदर्शनीमार्गमा सम्पन्न उपत्यका स्तरीय भेलामा नेविसंघका अध्यक्ष नैनसिंह महरले केपी ओली सरकारको जनविरोधी क्रियाकलापकाविरुद्ध लाखौँ विद्यार्थी सडकमा आएको बताउँदै यति गर्दा पनि कम्युनिष्ट सरकार सचेत नभए सचेत सम्पूर्ण जनताको साथ लिएर सर्वसत्तावादी चरित्र नियन्त्रण गर्न भीमकाय आन्दोलन गर्ने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


हिजोको पुत्ला दहन कार्यक्रममा प्रहरी प्रशासनले सुर्खेत, रामेछाप लगायतका विभिन्न ठाउँमा विद्यार्थीमाथि गरेको धरकपडले नेविसंघ अझ अक्रोशित बनेको उनको भनाई थियो । यस्तै पूर्वाग्रही तरिकाले गैरजिम्मेवारपूर्वक नेविसंघमाथि दमन गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

कम्युनिष्ट सरकारको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमा लाठी बर्साउने, पार्टी कार्यालय प्रवेश गर्ने स्थानीय प्रशासनको कार्य निन्दनीय भएको र यी सबै कार्य तुरुन्तै रोकेर सरकारले माफी माग्नु पर्ने नेविसंघको भनाई छ ।