खोटाङ–उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ ९२०१४० उपन्यास लेखेका थिए।


ADVERTISEMENT


यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन् । तर कारणको रुप भने फरक छ । शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसान बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ ।


ADVERTISEMENT

# # #


खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन् । बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ ।

हुलकाहुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नुपरेको स्थानीय पद्म हिङमाङले बताए । बाँदरले खेतबारीको अन्नबाली सखाप बनाएपछि खाने कुराको अभावमा बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ। गाउँका केही घरपरिवार बसाइँ सर्ने तयारी गरेको स्थानीयले बताए । – आजको नागरिकबाट