खाँदबारी– संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोमा पुरीएर चार कामदारको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्लाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको गएराती ज्यान गएको हो । मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको रहेको डीएसपी श्यामकुमार सारु मगरले बताएका छन् ।


ADVERTISEMENT

# # #


शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए । मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याने तयारी भईरशेको डीएसपी मगरले बताएका छन् ।