काठमाडौँ– काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ ।


ADVERTISEMENT


प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले १ हजार ३८६ मत पाएका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ८७५ मतका साथ पछ्याइरहेका छन् । विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना न्यौपानेले ६८३ र साझा पार्टीका किशोर थापाले ५१८ मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले १ हजार १७६ मतका साथ अग्रता कायम गरिरहेकी छन् । यसैगरी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकी संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ६४१ एवम् साझा पार्टीकी निरुपमा यादवले ३५० मत पाएकी छन् । महानगरमा अहिले वडा नं ३२ नं को मतगणना भइरहेको छ ।

वडा नं १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका अशोककुमार श्रेष्ठ र महिला वडा सदस्यमा रश्ना तण्डुकार विजयी भएकी छन्। त्यस्तै अर्का वडा सदस्यमा कांग्रेसका राजकुमार श्रेष्ठ र दलित महिला सदस्यमा मिना दिपाली विजयी भएका छन्।

पछिल्लो मत गणना अनुसार शाक्यले , नेपाली कांग्रेसका राजुराज जोशीले ८७५, तेस्रो स्थानमा रहेको विवेकशीलले मत ल्याएको छ। यस्तै साझा पार्टीका किशोर थापाले  मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४१ मत पाएका छन्।