काठमाडौं–संघीय संसदको संयुक्त बैठक आइतवार बस्दै छ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।


ADVERTISEMENT


गत सोमबार नै पारित गर्ने तयारी गरिए पनि बैठक बस्न नसकेपछि आइतबारलाई सारिएको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदको बिहीबार राति अबेर सम्पन्न बैठकले संयुक्त बैठक आहृवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आइतबार नै दुवै सदनको अलग अलग बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विनियोजन विधेयकका बिभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने छ ।