काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सत्तारुढ सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेर बजेटको बचाउमा उभिन सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले भने, विरोध मात्रै गरेर समाधान हुँदैन । सबै विरोध नै गर्नु पर्ने कार्यक्रम छैन होला ।’


ADVERTISEMENT

# # #


उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गरेकमा छन् । उनले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन दिएका छन् ।

एक सांसद भने, हाम्रै सरकार छ । केही गुनासाहरु छन् भने राख्नुस् । सम्बोधनको प्रयास हुन्छ ।’ बजेट विनियोजनमाथि प्रतिनिधिसभामा जारी छलफलमा सत्तारुढ दलकै सांसदहरुले विभागीय मन्त्री र ठुला नेता हावी भएको भन्दै चर्को आलोचना गरेका छन् ।