झापा– दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् ।


ADVERTISEMENT


शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् ।


ADVERTISEMENT

# # #


लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् ।

दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो ।

तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरीले दूध खरिद गर्न छाडेपछि किसानले दूध सडकमा पोखेर विरोध जनाएका हुन् । – आजको नयाँ पत्रिकाबाट