काठमाडौं–अर्जेन्टिनी कप्तान लियोनेल मेसीले शनिबार आइसद्ययाण्डविरूद्ध पेनाल्टी मिस गरेपछि अर्जेन्टिना पहिलो पटक १९९० पछिको विश्वकप उद्घाटन खेलमा जित निकाल्न असफल भयो ।


ADVERTISEMENT


मेसीले क्लब र देशका लागि प्रहार गरेका पछिल्ला सातमध्ये ४ पेनाल्टी मिस गरेका छन् । यसअघि १९९० मा क्यामरुनसँग पहिलो खेलमै पराजित भए पनि अर्जेन्टिना त्यो बेला फाइनलसम्म पुगेको थियो ।


ADVERTISEMENT

# # #


विश्वकपको डेब्यूमा आइसल्यान्डले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई बराबरीमा रोकेको हो ।

अर्जेन्टिनाले खेल अवधिभर १६ वटा प्रहार गरेको थियो जसमध्ये ११ प्रहार मेसीले मात्र गरेका थिए । तर, कुनैले पोष्टको दिशा लिएनन् ।

यो उनले कुनै पनि देशविरुद्ध गरेको सर्वाधिक प्रहार हो ।

यस्तै म्यानचेस्टर सिटीका फवार्ड सर्जिओ अग्यूरोले पहिलो पटक विश्वकपमा देशका लागि गोल गरे । यद्यपि उनले राष्ट्रिय टिमबाट भने १९ गोल पूरा गरिसेका छन् ।