रसुवा– नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकप (एमाले)का म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ ।