काठमाडौँ– काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको तीन दिनपछि बुधबार वडा नम्बर १ को नतिजा आएको छ । महानगरमा एमालेले विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरेर विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन् भने खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मीना सुनार बिजयी भएकी छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा यसअघि राप्रपाले जित्दै आएको थियो ।