काठमाडौं–रसियामा जारी विश्वकपमा जर्मनी र मेक्सिको फुटबलमा मेक्सिकोले साविकको विश्वविजेता जर्मनी विरूद्ध विजय हासिल गरेको छ। उसले विश्वविजेता जर्मनलाई १–० गोलले हराएको हो।


ADVERTISEMENT


मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा मेक्सिको लागि गोल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका हुन्। काउन्टर एट्याकमा उनले गोल गरेका थिए।


ADVERTISEMENT

# # #


खेलको सुरूदेखी नै दुबै टोलीले निरन्तर एकअर्काको पोस्टमा आक्रमण गर्दै आक्रमकरूपमा खेलेका थिए। खेलको अन्तिमसम्म पनि जर्मनीले हारबाट बच्न निरन्तर आक्रमण गरे पनि उनीहरूको प्रहारले सहि दिशा लिन सकेन। त्यस्तै मेक्सिकोले पनि केही महत्वपूर्ण मौका गुमाएको थियो।