काठमाडौं–विश्वकपको उपाधि जित्ने प्रमुख दाबेदाबर ब्राजिलले ४० वर्षे इतिहार सोमबार राति जोगाउन सकेन । मार्सेलोको कप्तानीमा रहेको ब्राजिल विश्वकपको पहिलो खेलमा पछिल्लो ४० वर्षमै जित निकाल्न असफल भएको हो ।


ADVERTISEMENT


विश्वकपमा सबैभन्दा बढ ट्रफी उचाल्ने ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेल जित्दै आएको थियो । तर गएराति रसियामा जारी विश्वकपमा समूह ‘ई’ मा रहेको ब्राजिलले पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेल्दै लामो समयदेखिको इतिहास जोगाउन नसकेको हो ।


ADVERTISEMENT

# # #


मस्कोस्थित रोस्तोभ अन डोनमा भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको हो । २० औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अग्रता लिएको ब्राजिलले पहिलो हाफसम्म अग्रता जोगाए पनि दोस्रो हाफमा जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि ब्राजिल र स्विटजरल्याण्डले गोल गर्ने केही राम्रा प्रयासहरु खेर फालेका थिए । अन्ततः दुबै एक–एक गोलकै बराबरीमा रोकिए ।

झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमारले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि टोलीलाई जिताउन सकेनन् ।

यो खेलको निर्धारित समय मात्रै होइन इन्जुरी समयको अन्तिम सेकेण्डमा पनि नेइमारले गोल गर्ने प्रयास जारी राखेका थिए ।

समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएउँदै शीर्ष स्थानमा छ । ब्राजिल र स्विस टोली क्रमश दोस्रो तथा तेस्रो स्थानमा छन्। कोष्टारिका चौथो स्थानमा रहेको छ ।