काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, ‘शुभयात्रा’ ।


ADVERTISEMENT

# # #


सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।