काठमाडौँ– राष्ट्रियसभाका सदस्यहरूको पदावधि सोमबार गोलाप्रथाद्वारा टुंगो लाग्दैछ । राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र दुईजना मन्त्रीको कार्यकाल गोलाप्रथाबाट छिनोफानो हुन लागेको हो ।


ADVERTISEMENT


राष्ट्रियसभाको नियमावलीको परिच्छेद २७ मा गोलाप्रथाद्वारा सदस्यको पदावधि कायम गर्ने व्यवस्था छ । गोलाप्रथाबाट राष्ट्रियसभाका सदस्यहरूको दुई वर्ष चार वर्ष र छ वर्ष समायवधि टुंगो लाग्नेछ ।


ADVERTISEMENT

# # #


मौजुदा व्यवस्थाअनुसार मुलुक संसदविहीन नहोस् भनेर राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल तोकिएको हो । ५९ सदस्यमध्ये गोलाप्रथाबाट पहिलो दुई वर्षमा १९, अर्को २० जना सदस्यको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष पदावधि कायम गरिनेछ । रिक्त भएको सदस्य पुनः निर्वाचनद्वारा पूर्ति गरिनेछ ।

हाल निर्वाचित ५९ सदस्यलाई पाँच समूहमा विभक्त गरिएको छ । प्रत्येक प्रदेशबाट तीन जना महिला सदस्य, सबै प्रदेशबाट निर्वाचित सात दलित, सात अपांग या अल्पख्यक । महिला, दलित, अपांग या अल्पसंख्यक बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित अन्य तीन जनाको समूह र राष्ट्रपतिबाट मनोनित गरी छुट्टाछुट्टै निर्वाचन क्षेत्र कायम गरि गोलाप्रथा गरिने नियमावलीमा उल्लेख छ ।

कसरी छानिन्छन् सदस्य ?
प्रत्येक प्रदेशबाट निर्वाचित तीन महिला सांसद्मध्ये १ जनाको दुई वर्ष, एक जनाको दुई वर्ष र एक जनाको छ वर्ष कायम हुनेछ ।

त्यस्तै सात दलितमध्ये, दुई जनाको दुईवर्ष, दुईजनाको चारवर्ष र दुईजनाको छवर्ष कायम गरिनेछ । बाँकी एकजनाको शून्य वर्ष हुनेछ र त्यस्ता तीन शून्य वर्ष पर्ने (दलित या अपांगता या अल्पसंख्यक) बीच पुनः गोलप्रथा गरि पदावधी छुट्याइनेछ ।

अल्पसंख्यक या अपांगता भएका, खुला सदस्य र राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको पनि गोलाप्रथाबाटै पदावधि छुट्याइनेछ । मौजुदा व्यवस्थाअनुसार वर्तमान मन्त्रीमण्डलमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि गोलाप्रथाबाट टुंगो लाग्ने भएको हो ।