नगरकोट– मध्यपुर थिमी नगरपालिका–३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा काँग्रेसका प्रेम बहादुर कुटुले एक हजार ४७२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले १९७ मत र माओवादी केन्द्रका भुवन केसीले १७१ मत पाएका छन् ।


ADVERTISEMENT


काँग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राजभक्त श्रेष्ठ विजयी भएकी छन् ।


ADVERTISEMENT

# # #