काठमाडौँ– काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् ।


ADVERTISEMENT


एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ५ हजार ४५८ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको ३ हजार २३५ मत छ । विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत २ हजार २०१ र साझा पार्टीका किशोर थापाको १ हजार ४९८ मत पाएका छन् । पाँचौं स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।


ADVERTISEMENT

# # #


त्यस्तै उपमेयरमा सुरुवाती अग्रता कायम गरेकी नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ३ हजार ११५ मत ल्याएर अग्र स्थानमा छिन् । उनलाई पच्छ्याइरहेका राप्रपाका राजाराम श्रेष्ठले ३०७१ मत ल्याएका छन् । यसैगरी माओवादी केन्द्रकी सुशिला पौडेल ७२९ मत ल्याएर तेस्रो स्थानमा छन् ।