चितवान – चितवनको भरतपुर महानगरपालिकाको नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहाललाई १ हजार ७८९ मतले पछि पार्दै नेकपा एमालेका देवी ज्ञवालीले अग्र स्थान कायम गरेका छन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ९ हजार ११२ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ४३३ मत ल्याएर उनलाई पच्छ्याइ रहेकी छन् । तेस्रो स्थानमा राप्रपाका बद्री तिमिल्सिनाले ६११ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


भरतपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । तर तालमेल अनुसार भोट नहाल्दा रेणु पछि परेको अनुमान गरिएको छ ।
त्यस्तै उप मेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ६ हजार ६८५ मतका साथ अग्र स्थानमा छिन् । उनलाई नेकपा एमालेका दिव्य आचार्यले  ६२४६ मत ल्याएर पच्छ्याइ रहेका छन् भने तेस्रो स्थानमा रहेकी राप्रपाकी रिना गुरुङले ७९२ मत ल्याएकी छन्