काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी शक्ति गौचन पनि अब आफ्नै गाडीमा हिंड्ने भएका छन् । आइतबार सुजुकी स्विफ्टको तेस्रो संस्करणको कार किनेका हुन् । साथै उक्त संस्करणको कार किन्ने उनी पहिलो नेपाली ग्राहक भएका छन् ।


ADVERTISEMENT


आइतबार यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र गौचनद्वारा गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै शक्ति गौचनले भने ‘म पहिले देखि नै सुजुकीको फ्यान हुँ । सानैदेखि नै मलाई सुजुकीका गाडीहरुमा निकै चासो हुने गर्दथ्यो । यस दिनको लागि म लामो समयदेखि धैर्यतापूर्व पर्खाइमा थिएँ । लामो प्रतीक्षाको फलस्वरुपआज एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्तगर्दा म निकै उत्साहित छु ।’

यसको प्रारम्भिक अफर सहित यसको मूल्य रु २८ लाख ९९ हजार रहेको छ ।