मेलम्ची– मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गरे ।


ADVERTISEMENT


यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार ११७ मत ल्याई विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सविता गुरुङले छ हजार ७३९ मत प्राप्त गरीन् ।


ADVERTISEMENT

# # #


सो नगरपालिकाको वडा नं ११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गरे ।

यस्तै वडा नं १२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गरे ।

यसैगरी वडा नं १३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वराम दङ्गाल र राप्रपाका जिवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गरे ।