काठमाडौँ– चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ ।


ADVERTISEMENT


चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गरे ।


ADVERTISEMENT

# # #


उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल र्याफ्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ हुन्छ ।

नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन् । उक्त प्रतियोगितामा र्याफ्टिङसम्बन्धी २० खेल हुनेछन् ।