काठमाडौँ– मूल्यवृद्धिको विरोधमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले आज देशभरका आयल निगमका कार्यालय अगाडि धर्ना दिएको छ ।


ADVERTISEMENT


आयल निगमको केन्द्रिय कार्यालय बबरमहलमा एक घण्टे धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले मूल्य वृद्धिले सामान्य जनताको समेत जनजीवन प्रभावित भएको बताए । यस्तै उनले आफुहरुले गरेको आन्दोलन नेविसंघका लागि नभएर सबै युवा, विद्यार्थी र जनताका लागि भएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘कम्युनिष्ट सरकारले पेट्रोलियम पद्धार्थमा गरेको मूल्य वृद्धि तथा दैनिक उपभोग्य सामानमा गरेको चरम मूल्य वृद्धिले पूरै नेपाली चपेटामा परेमा छन् । यो नेविसंघको लागि गरिएको आन्दोलन होइन, पूरै युवा, विद्यार्थी र जनताका गरिएको आन्दोलन हो ।’

मूल्यवृद्धि फिर्ता नभए नेविसंघले अषाढ १० गते देशका सातवटै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र १२ गते देशव्यापी रुपमा १० मिनेट आफ्ना सवारी साधान रोकेर सरकारको विरोध गर्ने जनाएको छ ।

‘विद्यार्थीको हात जनताको साथ’ भन्ने विशेष अभियान लिएर कम्युनिस्ट सरकारको भण्डाफोर गर्न थप संघर्षका आन्दोलन थाल्ने नेविसंघले जनाएको छ ।