काठमाडौँ– रसियामा जारी फिफा विश्वकपको समूह जी अन्तर्गत इङल्याण्डविरुद्धको खेलमा नवप्रवेशी पानामाले लज्जास्पद हार बेहोरेको छ । कमजोर प्रदर्शन गरेको पानामाले इङल्याण्डसंग ६-१ गोलअन्तरले पराजित भएको हो । ।


ADVERTISEMENT


निज्नी नोभ्गरेडस्थित रंगशालामा भएको खेलमा इङल्याण्डले पहिलो हाफमै ५ गोल हानेको थियो । उसका लागि खेलको आठौँ मिनेटमा जोन स्टोन्सले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै २२ औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे ।


ADVERTISEMENT

# # #


यस्तै ३६ मिनेटमा जिज लिंगार्डले गोल गर्दा स्टोन्ले ४१ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । कप्तान केनले ४६ औँ पुनः पेनाल्टी मार्फत गोल गर्दै टिमलाई ५-० को स्थितिमा पुर्याए । दोस्रो हाफमा मैदान छाड्नु अघि उनले ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरे । उनी बाहिरिनु अघि इङल्याण्डलाई ६ गोलको अग्रता थियो  ।

यता ह्यारीले मैदान छोड्नु अघि ६ गोल खाएको पानामाले त्यसपछि एक गोल फर्काउने मौका पायो । पानामाका लागि मात्र ७८ औँ मिनेटमा फिलिप बोलेले गोल गरेका थिए ।

पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको इङ्ल्यान्डले लगातार दोस्रो जितसहित प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरेको छ ।

यस्तै पहिलो खेलमा बलियो बेल्जियमसँग ३-० ले पराजित भएको पानामा दोस्रो खेलमा पनि पराजय भोगेसंगै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

रोनाल्डो र लुकाकुलाई पछि पार्दै ‘गोल्डेन बुट’को दाबेदारमा झुल्किए ह्यारी