अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।


ADVERTISEMENT


सो कारबाहीमा परी अन्य १२ जना आतङ्ककारी मारिएका छन् । सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले सोमबार सो जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


फर्याब प्रान्तको घोर्माच जिल्लामा आज सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारबाहीमा तालिबानका प्रमुख कमाण्डर मुल्लाह वारिस र अन्य १२ जना तालिबान मारिएका हुन् ।

तालिबान आतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको दोहोरो झडपमा परी अन्य १९ भन्दा बढी आतङ्ककारी घाइते भएका छन् । रासस