काठमाडौँ– उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।


ADVERTISEMENT


उद्योग मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताए। उनले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए।

छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उनले जानकारी दिए । नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताए ।