काठमाडौं– तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा २७ पुस ०७२ मा चिनियाँ समकक्षी चाङ च्याङलोङले गैँडा मागे । नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिन च्याङलोङले सापकोटासँग प्रस्ताव गरेका थिए । सापकोटाले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र प्रक्रिया अगाडि बढाउने वचन दिए । दुई मन्त्रीबीचको भेटमा भएको उक्त प्रयासले अब मूर्त रूप पाउँदै छ । नेपालले चीनलाई उपहारस्वरूप एकसिंगे दुई जोडी गैँडा दिँदै छ ।


ADVERTISEMENT


यसअघि फरक–फरक चार चिनियाँ टोलीले गैँडाको अध्ययन गरिसकेको छ । नेपालतर्फबाट गैँडा उपहार दिन सबै प्रक्रिया पूरा भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।


ADVERTISEMENT

# # #


नेपालले उपहारमा दिने गैँडा जाँच्न चीनबाट एउटा टोली नेपाल आउँदै छ । चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)का महानिर्देशकसहित ६ प्रतिनिधि बुधबार आउँदै छन् भने २ जनाको भेटेरिनरी टोली बिहीबार आउनेछ ।

साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ,’ खड्काले भने, ‘जति छिटो उनीहरूले आफ्नो काम अघि बढाउँछन्, त्यति नै छिटो गैँडा चीन पुग्छ ।’ रासस