एजेन्सी–अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए ।


ADVERTISEMENT


जीतसँगै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना खुसीले पागल भएका थिए ।


ADVERTISEMENT

# # #


तर, नाइजेरियाले बराबरी गोल फर्काएपछि अर्जेन्टिना निकै दबाबमा थियो । खेलको अन्त्यतिर आइपुग्दा म्याराडोना तनावमा देखिन्थें । जब, ८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरे ।

त्यसपछि अर्जेन्टिनी समर्थकहरुले निकै खुसी मनाएका थिए । म्याराडोना पनि खुसीले पागलजस्तै देखिएका थिए ।

तर, खेल सकिए लगत्तै उनलाई केही समय अस्पताल लगिएको छ । अस्पताल लग्नुअघि उनलाई रंगशालामै मेडिकल टिमले चेकजाँच गरेको थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन् ।