काठमाडौं– समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुनेछ ।


ADVERTISEMENT


नकआउट चरणमा पुग्नका लागि जति दबाब सर्वियालाई छ, उत्तिकै दबाब ब्राजिललाई पनि छ । समूहमा ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ भने सर्विया तीन अंक सहित तेस्रो स्थानमा छ । ब्राजिल सर्वियासँग पराजित भएमा र स्वीट्जरल्याण्डले कोस्टारिकासँग कम्तीमा बराबरी खेलेमा ब्राजिलको नकआउट चरणको यात्रा सकिनेछ । ब्राजिललाई रोक्नका लागि अलेक्सेन्दर मित्रोभिच र टिम तयार छन् ।


ADVERTISEMENT

# # #


ब्राजिलबाट उसका समर्थकले ठूलो अपेक्षा गरेका छन् । त्यसैले पनि उसमा दबाब बढी छ । दबाबमा रहेको ब्राजिलविरुद्ध मौका खोस्ने तयारीमा सर्वियाको रणनीति हुनेछ । ‘पहिलो खेलको नतिजाले ब्राजिलमा दबाब छ, जुन स्थितिको सामना उसले सायदै गरेको छ ।