काठमाडौँ– लगानीकर्तालाई सवल, सूचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको सुरुवात गरेको छ ।


ADVERTISEMENT


उक्त मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य (एनएभी) को जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी उक्त एपमा उपलब्त्र हुने क्पापिटलले जनाएको छ ।


ADVERTISEMENT

# # #


एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्लेस्टोर र केही दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निस्शुल्क उपलब्ध हुने छ । यस मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एनआईसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख श्री राघब पोखरेलले जानकारी गराए ।

उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धताक्रमा यस मोबाइल एपले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन यस एपले महत्वपूुर्ण भूुमिका खेल्ने जनाइएको छ ।