काठमाडौँ– नेपाली फिल्म जगतमा नाम कमाइसकेकी नायिका ममता प्रधान अहिले चोटग्रस्त अवस्थामा रहेकी छिन् । हिमालय पोष्टसँगको कुराकानीमा उनले आफु चोटग्रस्त भएको कुरा खुलाएकी हुन् ।


ADVERTISEMENT


चलचित्र ‘घनचक्कर’को सुटिङ गर्ने क्रममा दुर्घटना भएको र त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा नियमित उपचार भईरहेको उनले बताइन् । दुर्घटनापश्चात फिल्म सुटिङ केहिदिन मात्र असर परेको बताउँदै उनले पुर्णरुपमा स्वस्थ हुनको लागि चिकित्सकले ३ महिना आराम गर्नुपर्ने सुझाव दिएको उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो दिनचर्या परिवार साथीहरुसँग बितिरहनुका साथसाथै  अस्पताल गएर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेको र थेरापी लिने गरेको बताईन् ।

उनले चलचित्र ‘घनचक्कर’मा आफ्नो भुमिका बदमास खाले रहेको र यसको कथावस्तुलाई हेर्दा आफ्नो भुमिकालाई दर्शकले रुचाउने बताएकी छन् । ममताका अनुसार मङ्सिरमा प्रदर्शनमा आउने यस चलचित्रको सुटिङ लगभग सकिसकेको छ ।

सुपर एक्सन भूमिका खेल्न मन मन लागेको बताउने उनी अन्य फिल्मको अफर आएपनि तत्काल नगर्ने निर्णयमा छिन् । ममताले काठमाडौं, नाई नभन्नु ल, दिपशिखा लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् ।