काठमाडौं– पछिल्लो समय चीनले बनाइदिने रेलको चर्चा खूब भयो । तर निमार्णाधीन पूर्व–पश्चिम रेलमार्गको भने कहीँकतै चर्चा भएको छैन ।


ADVERTISEMENT


करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डीपीआर पनि तयार भइसकेको छ ।


ADVERTISEMENT

# # #


बर्दिबासदेखि लालबन्दीसम्मको त निर्माण नै शुरु भइसकेको छ । अझ बर्दिबासदेखि सिमरासम्मै १०८ किलोमिटर रेलमार्ग आगामी अढाइ वर्षभित्र सम्पन्न हुने रेल विभागको भनाइ छ । सिमरा–तन्सरियाको रुट पुनरावलोकन हुँदैछ भने बुटवलदेखि गड्डाचौकीसम्म चार प्याकेजमा डीपीआर तयार हुँदैछ । – आजको नयाँ पत्रिकाबाट