झापा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।


ADVERTISEMENT


झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।”


ADVERTISEMENT

# # #


कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने बताउँदै उहाँले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार छ भएको बताए । मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोप्नु भएको थियो । रासस