काठमाडौँ– मुम्बई इन्डियन्सले रोमाञ्चक खेलमा राइजिङ पूणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गर्दै १० औ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । । मुम्बईको आइपिएलमा यो तेस्रो सफलता हो। उसले यसअघि २०१३ र २०१५ मा प्रतियोगिताको उपाधि जितेको थियो ।


ADVERTISEMENT


आइतबार राती राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो । १ सय ३० रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको पूणेले १ सय २८ रन मात्र बनाएपछि उपाधि उचाल्नबाट बन्चित हुन पुग्यो।


ADVERTISEMENT

# # #


सुरुवाती ब्याट्सम्यानहरु निरिह बन्दा मुम्बई झिनो योगफलमै समेटिने खतरा बढेको अवस्थामा क्रुणल पण्ड्याले पाचौं नम्बरमा आएर ४७ रनको ठोस पारी खेले । उनी इनिङको अन्तिम बलमा क्याचआउट हुन पुने । यसअघि कप्तान रोहित शर्माले पनि २४ रन बनाएका थिए ।

पुनेका बलरहरुको कसिलो बलिङ पहिलो इनिङमा दर्शनीय थियो । उसका जयदेभ उनाकान्त, एडम जाम्पा र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए ।

१३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पुनेको हालत पनि पहिलो इनिङको मुम्बईकै जस्तो भयो । ओपनर अजिंक्या राहणे र कप्तान स्टिभ स्मिथले क्रमसः ४४ र ५१ रनको पारी खेलेपनि पुनेले निर्धारित ओभरमा १२८ रनमात्र बनाउन सक्यो । यसबीचमा उसले ६ विकेट गुमाएको थियो । मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए।

पुनेलाई सस्तैमा समेट्न मुम्बईका मिचेल जोन्सनले ३ र जसप्रित बुम्राहले २ विकेट लिए ।

प्रतियोगिताभर ६४१ रन बनाएका सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर उत्कृष्ट ब्याट्सम्यान तथा बलर भुवनेश्वर कुमार २६ विकेटसहित उत्कृष्ट बलर चुनिए ।