विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग उनको कार्यकक्षमा आज नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक विष्णुराम न्यौपानेले सामूहिक भेटघाट गरेका छन् ।


ADVERTISEMENT


सो अवसरमा डा. विष्टले टेलिभिजनले आफूले प्रदेश नं १ मा लक्ष्य गरी सुनसरीको इटहरीमा छ महिनाभित्र स्टेशन निर्माण गरी एक वर्षभित्र इटहरीबाट प्रसारण शुरु गरिने जानकारी दिँदै प्रदेश संसद्को क्रियाकलाप टेलिभिजनमा व्यवस्थित ढंगले र यस क्षेत्रको उत्पादित समाचारलाई बढी जोड गरेर प्रसारण गरिने जानकारी दिए।


ADVERTISEMENT

# # #


सो अवसरमा मुख्यमन्त्री राईले नेपाल टेलिभिजनले सुनसरीको इटहरीबाट हुने प्रसारणलाई ढिलो गर्न नहुने बताउँदै यसका लागि आवश्यक पर्ने सहयोग गर्ने विश्वास दिलाए । रासस