काठमाडौं–डाक्टर गोविन्द केसीको जुम्लामा बस्ने १५ औँ अनसनलाई प्रशासनले प्रतिबन्ध गरेको छ । स्वास्थ्य क्षेत्रका विभिन्न माग सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आफ्नो अनसन तयारी थालेका डाक्टर केसीलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति जारी गरेपछि डाक्टर केसीको अनसन प्रभावित भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औँ अनसन जुम्लामा तयारी गर्ने घोषणा गरेका डा केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्ला भन्दा २०० मीटर वरिपरि अनसन गर्न नपाउने उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


डा. केसी जुम्ला आएपछि कडा सुरक्षा व्यवस्था
कर्णाली राजमार्ग हुँदै डाक्टर केसी शुक्रबार बेलुका ८ बजे जम्ला सदरमुकाम खलंगा आईपुगे । डाक्टर केसी जुम्ला आउने खबरले चौतर्फी चासो देखिएको थियो । केसीले जुम्लाको सिमानामा प्रवेश गरेको खबर पाएपछि सुरक्षाकर्मीहरु बाक्लो मात्रामा परिचालन गरिएको थियो । अघिपछि खाली हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिसरमा सुरक्षार्थ खटिएका प्रहरीको धेरै चहलपहल थियो ।

प्रतिष्ठान परिसरमा पत्रकार दुई घण्टा अगाडि देखि कुरिरहेका थिए । प्रतिष्ठानका कर्मचारीहरु पनि निकै चासो लिइरहेका थिए । तर एकाएक जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति सार्वजनिक भएपछि प्रतिष्ठानबाट भिड पातलो हुँदै गएको थियो ।

अनसनका लागि प्रतिष्ठान जान लागेका केसीलाई प्रहरीले बीच बाटोमै रोकेको छ ।