काठमाडौँ– सरकारले जारी गरेको काठमाडौंको माइतीघर आसपासको निषेधाज्ञा काँग्रेसले तोड्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


सरकारका तर्फबाट गृह मन्त्रालयले पत्रकार सम्मेलन गरि माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाएको जानकारी दिए लगत्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चेतावनी दिएका हुन् । प्रवक्ता शर्माले सरकारी नियतमा खोट रहेको औँलाउदै ट्विट मार्फत समय आएपछि सरकारको निषेधाज्ञा तोड्ने जानकारी दिएका थिए ।


ADVERTISEMENT

# # #


उनले अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्वीट्जरल्याण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइने उदाहरण दिएका छन् । उनले सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारको नियतबारे प्रश्न गरेका छन् ।

गृह मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरि साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएपछि काँग्रेसले कडा रुपमा प्रस्तुत हुने संकेत गरेको हो । काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइने सरकाले यस अघि निर्णय गरेको थियो । माइतीघरमा भने कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइने छैन ।