विश्वकप फुटबलको पहिलो नकआउट भिडन्तमा शनिबार फ्रान्सले साबिक उपविजेता राष्ट्र अर्जेन्टिनालाई ४-३ गालले स्तब्ध पार्यो । अत्याधिक रोमाञ्चक खेलमा कुल ७ गोल देख्न पाइयो । पहिलो हाफ टाइम अगाडि दुबै टिमका बीच १-१ गोलका बराबरी थियो ।


ADVERTISEMENT


तर दोस्रो हाफमा एक समय पछि परेको फ्रान्सले आक्रमक फुटबल खेलेर तीन गोल प्रहार गर्यो । जसमध्ये दुई गोल १९ वर्षीय युवा किलियन एम्बाप्पेले गरे । इन्जुरी समयमा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले एक गोल गरे तर त्यसबेला खेल फ्रान्सको हातमा गइसकेको थियो । जुन गोल अर्जेन्टिनाको जितका लागि प्रयाप्त भएन ।


ADVERTISEMENT

# # #


पेनाल्टीबाट पहिलो गोल

खेलको सुरुवातदेखि नै फ्रान्स अर्जेन्टिनामाथि हावी भएको थियो । खेलको नवौँ मिनेटमा फरवार्ड खेलाडी एन्टोनी ग्रीजमेनको सट गोलपोष्टमा लागेर फिर्ता आएको थियो । तर ११ औँ मिनेटमा अर्जेन्टिनाका मार्क रोजोले आफ्नो डी–बक्सभित्र फ्रान्सका मिटफिल्डर किलिएन एमबाप्पेलाई फउल गरे ।

जसको परिणामरुवरुप फ्रान्सलाई पेनाल्टी मिल्यो र खेलको १३ औँ मिनेटमा एन्टोनी ग्रीजमेनले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

मारियाले गरे बराबरी

यसपछि अर्जेन्टिनाले खेलमा आफ्नो पकड जमाउन सुरु गर्यो । र खेलको ४१ औँ मिनेटमा अर्जेन्टिनाका मिडफिल्डर एन्जेल डी मारियाले लगभग २८ मिटर टाढाबाट सुन्दर गोल गरेर टिमलाई बराबरीको स्थितिमा पुगाए । डि मारियाले यस प्रतियोगितामा आफ्नो दोस्रो गोल गरे । पहिलो हाफमा दुबै टिमले १-१ को बराबरी खेले ।

अर्जेन्टिनाको ८ मिनटसम्म मात्र अग्रता

दोस्रो हाफको ४८ औँ मिनटमा मेस्सीले दिएको पासमा गोल गर्दै गाब्रीयल मरकाडोले अर्जेन्टिनालाई २-१ ले अग्रता दिलाए । तर ८ मिनेटपछि फ्रान्सले पनि गोल गरेर बराबरीको स्थितिमा आयो । खेलको ५७ औँ मिनेटमा डिफेन्डर बेन्जामिन पावर्डले गरे । यो उनको पहिलो गोल थियो ।

चार मिनेटमा नै एम्बाप्पेको दुई गोल

यसपछि फ्रान्स खेलमा पूरै हाबी भयो । ६४ औँ मिनेटमा मिडफिल्डर किलिएन एमबाप्पे अर्जेन्टिनाका गोलकिपर फ्रान्को अर्मानीलाई छकाएर उत्कृष्ट गोल गरेर आफ्नो टिमलाई ३-२ ले अग्रता दिलाए । त्यसको चार मिनटपछि एम्बाप्पेले एक पटक फेरि शानदार गोल गरे । यससंगै फ्रान्स ४-२ ले अगाडि बढ्यो ।

यही नै फ्रान्सको जितको प्रमख आधार बन्यो । यही चार मिनेटले अर्जेन्टिनी फुटबल स्टार मेस्सीको विश्वकप उपाधी उचालेर अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने सपनालाई चकनाचुर पारिदियो ।

८४ औँ मिनेटमा लियोनल मेस्सीले शानदार मौका बनाए पनि गोल गर्न सकेनन् । दोस्रो हाफको अन्तिम १५ मिनेटमा अर्जेन्टिनाले लगातार आफ्नो आक्रमण जारी राखेको थियो । यसलाई दुई कर्नर पनि मिलेको थियो । तर यी दुबै मौकाको अजेन्टिनाले सदुपयोग गर्न सकेन ।

मेस्सीको असफलता

९० औँ मिनेटको खेल समाप्त भइसकेपछि चार मिनेट इन्जुरी समय थपिएको थियो र यसको तेस्रो मिनेटमा मेस्सीको पासमा अर्जेन्टिनी फरवार्ड सर्जियो एग्यूरोले टिमका लागि तेस्रो गोल गरे पनि जितका लागि प्रयाप्त थिएन । त्यसपछि अर्जेन्टिनाले गोल गर्न सकेन । यसका साथै २०१८ को विश्वकपमा मेस्सीको टिमको रसिया यात्रा अन्त्य भयो ।

अर्जेन्टिनाका कप्तान तथा यसका सबैभन्दा मजबुद खेलाडी लियोनल मेस्सीले यसअघि तीनवटा विश्वकप खेलेका थियो । तर नकआउट चरणमा उनको प्रदर्शन सँधै खराब रह्यो । जुन रेकडए यसपाली पनि लागू भयो ।

यस हारसंगै विश्वकपबाट अजेन्टिना बाहिरियो । जबकिजितका साथै फ्रान्स क्वार्टरफाइनल प्रवेश गर्यो । जहाँ उसको भिडन्ट पोर्चुगललाई २-१ ले हराएको उरुग्वेसंग हुनेछ ।

-एजेन्सी