काठमाडौं–रसियामा आइतबार राती सम्पन्न क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क पराजीत भएको छ । क्रोएशियाले टाइब्रेकरमा डेनमार्कलाई ३–२ ले हराएको हो ।


ADVERTISEMENT


निर्धारित ९० मिनेटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो ।


ADVERTISEMENT

# # #


टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्‍यो ।

यस अघि आयोजक राष्ट्र रसिया र स्पेनबीचको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो ।पहिलो हाफमा दुबै देश १–१ गोलको बराबरीमा रोकिएका थिए र दोश्रो हाफमा कुनै गोल हुन सकेन ।

खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो । उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थिए । डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए । तर उसको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन् । खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए ।

क्रोएशियाको भेट अब क्वाटरफाइनलमा आयोजक राष्ट्र रसियासँग हुनेछ।