काठमाडौं–मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ ।


ADVERTISEMENT


३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन् ।


ADVERTISEMENT

# # #


‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन् । कहिलेकाँही त एकै ठाउँमा राखे पढाउछौँ।’ विद्यार्थी धेरै हुँदा ३४ ३५ जनासम्म पुगेको तथ्यांक छ ।

यसरी विद्यार्थी घटेको यो पहिलोपटक हो । नबुघाटमा माझी समुदायको बसोबास छ यहाँ २८ घरपरिवार माझी बस्दै आएका छन् ।

शिक्षिका सुधा माझीले भनिन्, ‘पोहोर सात जना थिए अहिले घटेर तीन जना भए। अर्को साल त घटेर एकजना पनि भर्ना हुने अवस्था छैन । गाउँमा विद्यालय आउने उमेरका बच्चा नै छैनन् । – आजको कान्तिपुर दैनिकबाट