काठमाडौं–नवलपरासीका गण्डकपीडितलाई राति निद्रा लाग्दैन । कति बेला डुबान हुने भन्ने पीर लाग्छ । स्थानीय कलावती मुसहर भन्छिन् ।


ADVERTISEMENT


‘भारतले आफूतिर ठूलो बाँध बनाएको छ, नेपालतिर फुट्नथालेको छ । कतिबेला नारायणीमा बाढी आउँछ, ठेगान छैन । ठूलो बाढी आएर नेपालतर्फको बाँध फुट्यो भने बर्बाद हुन्छ।’ मौसम पूर्वानुमान शाखाले यहाँका बासिन्दालाई सर्तक रहन भनेपछि यस क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।


ADVERTISEMENT

# # #


गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भइरकेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँघ निर्माण गरेको छ ।

नेपाली भूमि डुबान र कटानमा पार्ने गरि भारतले एकतफी बाँध बनाएको हो । सुस्ता गाँउपालिका–४ नसैहीसस्थित नारायणी नदी कोक्कर नं. १२ को पूर्वतर्फ नारायणी नदी भारतीय भूमिकमा हुने कटान रोख्न बाँध बनाएको स्थानीय श्याम थापाले बताए । शक्तिकुमार कम्पिनी पश्चिमी चम्पारण भारत बिहारले उक्त बाँध निर्माण गरेको हो । उसले भारतर्फको निर्माण कार्य सकेको छ । – आजको राजधानी दैनिकबाट