काठमाडौँ – युथ ओलम्पिक गेम्सको छनौट प्रक्रियाका लागि हुने ‘युथ ओलम्पिक कन्टीनेन्टल क्यालिफिकेसन च्याम्पियनसिप’ मा सहभागी हुने खेलाडीको बिदाई भएको छ ।


ADVERTISEMENT


१०० मिटर एथलेटिक्स खेलाडी लुजला अमात्य तथा प्रशिक्षक विमला जोशी अमात्यलाई सहभागिताको लागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरेका हुन् । सन् २०१९ मा हुने युथ ओलम्पिक गेम्सको छनौट प्रक्रियाको लागि उक्त च्याम्पियनसिप थाइल्याण्डको बैँककमा हुँदैछ ।


ADVERTISEMENT

# # #


खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो समयमा ध्यान दिन तथा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यकारीणी सचिव सुजन लाल श्रेष्ठ तथा शारिरिक सुगठन तथा फिटनेसका मुख्य प्रशिक्षक राजेन्द्र रत्न तुलाधार उपस्थित थिए ।